Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०६:४८ दिउँसो
- ADVERTISEMENT -

कोभिड-१९ अस्पतालहरुको भरपर्दो सुनिश्चितता गराउन सरकारसँग माग

प्रकाशित मिति: २०७७ भदौ २२, सोमबार

459
Shares

काठमाडौं, सोमबार, २२ भाद्र २०७७ । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले सरकारसँग कोभिड अस्पतालहरुको भरपर्दो सुनिश्चितता गराउन माग गरेको छ ।

शनिबार र आइतबार बसेको ‘भर्चुअल’ बैठकले सरकारसँग आइसोलेसन व्यापक बिस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरेर कोभिड अस्पतालहरुको भरपर्दो सुनिश्चितता गराउन माग गरेको हो ।

दुई दिने बैठकले गरेका निर्णयहरु यस प्रकार छन् :

१) कोरोना महामारीका कारण बढ्दो मृत्युु र व्यापक फैलदो संक्रमण दृष्टिगत गरेर उच्च स्तरीय सुरक्षा सतर्कताका लागि सबै नेपाली दिदिबहिनी दाजुभाइमा अपील गर्दै एवं विविध माध्यमबाट सचेतनाको सूचना सम्प्रेषण गर्ने ।

२) तिनै तहको सरकारलाई नवीन र ऐक्यवद्ध रणनीति साथ कोरोना संक्रमण विरुद्ध युद्धस्तरमा कार्य गर्न अपील गर्दै बैठकले समुदाय स्तरमा संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा “एक घर एक परिक्षण” गर्न गम्भीर ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

३) आइसोलेसन व्यापक बिस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरेर कोभिड अस्पतालहरुको भरपर्दो सुनिश्चितता गर्न गराउन बैठकले सरकार समक्ष माग गरेको छ ।

४) अभावका बिच कोरोना संक्रमणसंग फ्रन्टलाइनमा रहेर सहयोग गरिरहेका देशभरका स्वास्थकर्मीप्रति बैठकले उच्च सम्मान प्रकट गरेको छ । उच्च मानवीय भावनाले कार्य गरिरहेका स्वास्थकर्मीहरुको मनोबललाई असर पुग्ने गरि कहिँपनि कुनैपनि ढंगको गतिविधि हुन नदिन सबैमा बैठकले अपील गरेको छ ।

५) कोभिड प्रतिकुलताका कारण ननकोभिड बिरामी पनि गम्भीर ढंगले प्रताडित भइरहेका छन् । भेन्टिलेटर नपाएर मृत्यु, एकपछी अर्को अस्पताल दौडन बाध्य भएर मृत्यु, संक्रमण आशंकामा उपचार नपाएर मृत्यु जस्ता घटना पटक–पटक हुनु भनेको राज्यको अस्तित्व माथिको गम्भीर प्रश्न हो । बैठकले यस्तो स्थिति दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउने र यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य संकलन गर्ने निर्णय गरेको छ ।

६) स्वास्थ सामग्रीको खरिदमा सम्म भ्रष्टाचार गरिएको घटनाले वर्तमान सरकारबाट सदाचारको अपेक्षा गर्नु कारुणिक भ्रम मात्र हुने निष्कर्ष साथ बैठकले ओली सरकारका सबै भ्रष्टाचारजन्य एकएक कर्महरुको फेहरिस्त तयार गर्ने निर्णय गरेको छ ।

७) बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्वार गर्न ढिलाई, उद्वारको नाममा ब्यापार, निःशुल्क उद्वार गर्न अदालतको दिएको आदेश उल्लंघन र युएइको राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले आफ्नो देशमा रहेका नेपाली श्रमिकलाई निःशुल्क उद्वारको प्रस्ताव पठाउँदा त्यसलाई अस्विकार गर्ने जस्ता कार्यबाट वर्तमान सरकार श्रमिकको पीडा बुझ्ने हृदय नभएको सरकार भन्ने ठहर बैठकले गरेको छ । अदालतको आदेश र श्रमिकको पीडा आत्मसात गरेर निःशुल्क उद्वारको प्रक्रिया अघि बढाउन बैठकले सरकार समक्ष माग गरेको छ ।

८) राजधानी लगायत मुलुकको आधा भू–भागमा निषेधाज्ञा र लक डाउनका कारण नागरिक जीवन कष्टकर बन्दै गएको छ । बिहान बेलुकी हातमुख जोर्न कठिन भएको बर्गका जनता, बेरोजगार युवा, डेरा बस्ने बिद्यार्थी ,आंशिक प्राध्यापक, अपांगता भएका नागरिक, एकल महिला आदिको चुल्हाचौकाको स्थिति जटिल बनेको छ । केही महिना अघि शरण पर्न आफ्नो देश आएका नागरिक कोहि भोकै पर्दैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुल्हो नजलेपछी लर्को लागेर भारत तर्फ फर्किइरहेका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले सरकारलाईनै गिज्याउंदै गरेको स्थिति छ । अतः स्थानीय तह मार्फत ब्यवस्थित ढंगले राहत वितरण गर्ने गरि ब्यवहारिक राहत प्याकेज अविलम्ब घोषणा गर्न बैठकले संघीय सरकारलाई अपील गरेको छ ।

९) मिडिया हाउसहरुले महामारीका कारण चुनौती ब्यहोरिरहेका छन् । एकातर्फ ती हाउसहरुलाई विविध ढंगले संरक्षण गर्न र अर्कातर्फ तिनमा कार्यरत देशभरका पत्रकार कसैलाई पनि बेरोजगार बन्न नदिने दायित्व निर्वाह गर्न बैठकले सरकारसंग माग गरेको छ । बैठकले फ्रन्टलाइनमा कार्य गरिरहेका पत्रकारहरुको परिक्षण, सुरक्षा ब्यवस्थापन र उपचारमा विशेष निर्णयका साथ कार्य गर्न सरकारलाई अपील गर्ने निर्णय गरेको छ ।

१०) सरकारले निजि अस्पताललाई समेत पीसिआर परिक्षणको अनुमति दिइसकेको अवस्थामा कोरोनाको बिमा गरेका नागरिकलाई रकम भुक्तानी दिन निश्चित आशंकाकै कारण रोक्नु गलत रहेको ठहर गर्दै यसलाई सरलीकरण गरेर कोरोना बिमितलाई भुक्तानी दिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

११) कृषकलाई मलको हाहाकार हुँदै गरेको बुझ्न सत्ताद्वन्दको अलमल क्रममा सरकारलाई समय पर्याप्त भएन । अन्ततः दस किलो मलका लागि कोरोनाको जोखिम पर्वाह नगरी सयौंको भिड एकै ठाउँमा भेला हुन बाध्य रह्यो ।
कृषि उत्पादनमा विशेष जोड दिनै पर्ने बिधमान परिस्थितिमा कृषि उत्पादनका लागि कृषकको हित केन्द्रित विशेष परियोजना निर्माण र लागू गर्न बैठकले सरकार समक्ष माग गरेको छ ।

१२) नेपाली कांग्रेसको नेतृत्वमा रहेकोे अघिल्लो सरकारले त्रिविवि कार्यकारी परिषद्को माग बमोजिम आंशिक प्राध्यापकहरुलाई ब्यवस्थापन गर्न १४२० दरबन्दी स्वीकृत गरेको थियो । तर कार्यान्वयन तर्फ नलगेर पछिल्लो समय एकातर्फ तिनको भविष्यलाई अन्यौलमा धकेलिएको छ भने अर्कातर्फ ‘अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जारी गरिंदा आंशिक प्राध्यापकहरुको अन्यौलको स्थितिलाई नजरअन्दाज मात्रै होईन द्वन्द्वको नयाँ बिजारोपण गरिएको छ । कोरोनाको प्रतिकुलताका समय कष्टकर स्थितिमा पुगेका आंशिक प्राध्यापकहरुसंग अविलम्ब वार्ता गरेर समाधानमा पुग्न बैठकले त्रिविविका कुलपति, सम्माननिय प्रधानमन्त्रीकै ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

१३) बैठकले नेकपाको सरकारका प्रत्येक दिनका हरेक गतिविधिको विवरण राख्ने निर्णय गरेको छ । निर्वाचनमा घोषणापत्र एवं सार्वजनिक अभिव्यक्ति मार्फत जनता समक्ष प्रस्तुत गरिएका वचन एवं सरकारमा पुगेपछि संविधान र जनभावना विपरीत गरिएका सबै कर्मको सम्पूर्ण विवरण संकलन गरेर कम्युनिष्ट सरकारप्रतिको सपना र वास्तविकतालाई तथ्यपूर्ण ढंगले क्रमशः चिरफार गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -