काठमाडौं, आइतबार, २१ भाद्र २०७७ । भावना म्युजिक सलुशनको प्रस्तुतिमा रोयल गुरुङ जिवनको प्रस्तुतिमा “ल्याङ फ्याङ ल्याङ फ्याङ ” दशैं गीतको भिडियो सार्बजनिक गरिएको छ ।
हिन्दु समुदायको महान् चाड शुभ बिजया दशमी आउन महिना दिनभन्दा बढी समय हुँदै गर्दा बजारमा दशैं सम्बन्धि गीत संगीत सार्वजनिक हुन थालिसकेका छन् ।
उक्त दशैं गीतमा गायक अर्जुन सापकोटा र सुकदेव अधिकारीको सुमधुर आवाज रहेको छ भने बिमल अधिकारीको शब्द तथा संगीत रहेको छ । कृष्ण बि क को एरेन्ज रहेको छ ।
गीतको भिडियोमा बिमल अधिकारी, सुस्मिता थापा, काजी सुन्दास, कृष्ण सापकोटा, यज्ञ सापकोटा, ईश्वर भण्डारी, अमृत वस्ती लगायतको अभिनय रहेको छ ।
बिमल अधिकारीको निर्देशन, राजेश धिमिरेको छायांकन, दिपक बिष्टको सम्पादन रहेको उक्त भिडियोलाई ऊँ शिव फिलिम्स्ले दृष्य निर्माण गरेको छ ।
भिडियो :








































