शुक्रबार, शुक्रबार, १९ भाद्र २०७७ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप हुदाँ बिहीबार पुल्चोकमा पत्रकारको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हान्ने व्यक्ति पक्राउ परेका छन् । त्यसैबीच प्रेसको ज्याकेट तथा क्यामेरा बोकेर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने २१ वर्षीय अनिश महर्जनले प्रहरीमाथि ढुंगा हानेका थिए । उनले हानेको भिडिओ भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
उनलाई शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको एसएसपी दीपक थापाले जानकारी दिए ।
‘हामीसँग ती व्यक्तिले ढुंगा हानेको फुटेज थियो, त्यसैको आधारमा हामीले उनलाई पक्राउ गर्न सफल भएका हौं, ‘उनले भने, ‘उनीमाथि सोधपुछ गर्दा घटना स्वीकारेका छन् ।’ बिहीबारको घटनामा संलग्न रहेका १३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय र प्रहरीबिच झडप हुँदा चार जना प्रहरी र एक स्थानीय घाइते भएका थिए ।








































