Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:२६ बिहान
- ADVERTISEMENT -

महाधिवेशन लाग्यो भन्दैमा प्रतिपक्षीको भूमिका भुल्नु हुँदैन : प्रदीप पौडेल

प्रकाशित मिति: २०७७ भदौ १८, बिहीबार

716
Shares

काठमाडौं, बिहिबार, १८ भाद्र २०७७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महाधिवेशन लाग्यो भन्दैमा प्रतिपक्षी भूमिका भुल्न नहुने बताएका छन् । जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्वारा विहीबार आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले भने, ‘महाधिवेशन लाग्यो भनेर प्रतिपक्षी भूमिका भुल्न हुँदैन । महाधिवेशन र प्रतिपक्षी दलको भूमिकका सँगसँगै अगाडि बढाउनु पर्छ ।’

उनले पार्टीको महाधिवेशन निर्धारित समयमा नहुने निश्चित भएको बताए । पौडेलले भने, ‘महाधिवेशनको कार्यतालिका मात्र फेर्ने कि मिति पनि पर्ने ? दोष कोरोनालाई लगाउन सकिन्छ । कहिलेसम्म लगाउने ? कार्यतालिका फेर्नुपर्ने निश्चित छ । अब फागुन ७ गते महाधिवेशन गर्न सकिने अवस्था छैन ।’

महाधिवेशन आगामी भदौपछि सार्न नुहुने पौडेलको भनाइ छ । ‘भोलि कोरोनाले महाधिवेशन हुन भने काम गर्न छोड्नु हुँदैन । भदौपछि महाधिवेशन लगे आगामी स्थानीय तहको चुनावमा ठूलो असर पर्छ । कोरोनाबाट सुरक्षित भएर कतिसम्म काम गर्दै जानुपर्छ’ पौडेलले भने ।

महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि मनोनयन गर्ने कुराले निष्पक्ष महाधिवेशन हुन्छ भन्ने उनको प्रश्न छ । अहिले नेतृत्वका कलाविहीन ढंगले प्रस्तुत भइरहेको पौडेलको भनाइ छ ।

उनले भने, ‘उम्मेदवारीसँग मार्गचित्र आउनुपर्छ । आजका विषयसँग निरपेक्ष भए जस्तो देखियो । संविधानका विषयमा प्रश्न उठाउने भन्दा पनि कार्यान्वयन गर्ने र संविधानमा लिपिबद्ध भएका कुरा व्यवहारिक बनाउन जरुरी छ । राष्ट्रियताको विषयमा पनि नयाँ दृष्टिकोण बनाउनुपर्छ ।’

बिपी कोइरालाको लोकत्रान्त्रिक समाजवादको आधारमा टेकेर सैद्धान्तिक छलफल अगाडि बढाउनुपर्ने पौडेले बताए । उनले भने, ‘वैचारिक विषयमा छलफलमा हाम्रो महाधिवेशन निरपेक्ष देखिन्छ । काँग्रेसलाई धारिलो बनाउनका लागि धारिलो नेतृत्व अवश्यक छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -