काठमाडौं, बिहिबार, १८ भाद्र २०७७ । करीव २ लाख बराबरको राहत सामग्री बोकेर नेपाली कांग्रेसका नेता जीत शेरचन बागलुङको ढोरपाटन नगरपालिकाको बाढीपहिरो प्रभावित क्षेत्र पुग्नु भएको छ ।
बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिकाको वडा न ९ भुजिखोलामा राति आएको बाढिले दुनेपधेरा लाकुरी बोट सुकुर्दुङ लगायत स्थानमा घरहरुर बगाएको छ र थुप्रै घरहरु जाेखिममा रहेको जानकारी प्राप्त भए अनुसार उहाँ त्यस तर्फ़ प्रस्थान गर्नु भएको हो ।
यो दु:खद घडिमा पीडितहरुलाई सहयोग गर्ने र आलो घाउमा मल्हमपट्टी लगाउने उदेश्यका साथ नेपाली काङ्ग्रेस बाग्लुङ क्षेत्र न.२ का सभापति युवा नेता द्रोण कुमार कुवर महाधिवेशन प्रतिनिधि युवा नेता जीत शेरचन पुर्व महासमिति सदस्य तथा युवा नेता अर्जुन शेरचन र युवा नेता देबेन्द्र घर्ती मगर राहतका सामाग्री लिएर बाढीपिडित क्षेत्रमा पुग्नु भएको छ ।
यो समाचार तयार पार्दा सम्म गएराति बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा अविरल वर्षापछि आएको बाढी पहिराले बस्ती बगाउँदा बेपत्ता ११ जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको तरुण दल बागलुङका जिल्ला सदस्य युवा नेता कल्याण कायतले जानकारी दिनु भयो ।
अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।








































