काठमाडौँ, बुधबार, १७ भाद्र २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय अधिवेशनका दुईवटा कार्यतालिका प्रभावित भइसकेको अवस्थामा कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ गते हुन नसक्ने बताउनु भएको छ ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्र गण्डकी प्रदेशले आयोजना गरेको अर्चुअल कार्यक्रममा नेता पौडेलले संगठन समायोजन र क्रियाशील सदस्य वितरणको कार्यतालिका पटक पटक प्रभावित भएकाले फागुन ७ गते महाधिवेशन हुन नसक्ने ठोकुवा गर्नुभयो ।
उहाँले कांग्रेसको नेतृत्वले विधी विधान मिच्दै गएर नेपालको संविधानले गरेको व्यवस्था अनुसार पनि महाधिवेशन गर्न नसकेर कम्युनिष्ट प्रधानमन्त्रीसंग गुहार माग्न जाने अवस्था आउन संभावना बढेको बताउनु भयो । संविधानको व्यवस्था अनुसार आउदो भदौसम्म पनि महाधिवेशन गर्न नसक्दा पार्टीको बैधानिकता जोगाउन संवैधानिक व्यवस्था मिलाइदिनु पर्यो भनेर सत्तासंग गुहार गर्नुको विकप नभएको बताउनु भएको छ ।
नेता पौडेलले नेपाली कांग्रेस वी पी का पालामा कांग्रेस समाजमुखी भएको तर अहिले कांग्रेस एकातिर समाज अर्को तिर भएको बताउदै उहाँले १४ औं महाधिवेशनले ब्यक्ति विस्थापन गर्ने भन्दा प्रवृतिलाई विस्थपना गर्नुपर्ने बताउनु भयो । प्रवृति विस्थापनका लागि पार्टीको तल्लो तहबाट बहस थाल्नुपर्नेमा जोड दिनुभयो ।








































