Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०६:४८ बिहान
- ADVERTISEMENT -

अभिनेत्री श्वेता नयाँ फिल्म “अनबुन्धित” मा

प्रकाशित मिति: २०७७ भदौ १७, बुधबार

631
Shares

काठमाडौं, बुधबार, १७ भाद्र २०७७ । गत वर्ष सूर्य बोहराको चलचित्र हलो जिन्दगीको लन्डनमा छायांकन गरिरहँदा घाँटीमा ट्युमर देखिएपछि मुखमा प्यारालाइसिस समेत भयो । सो ट्युमर अप्रेसनका लागि अभिनेत्री श्वेता खड्काले सो फिल्मको काम छाड्नुपरेको थियो । जसमा उनको ठाउँमा अर्को नायिकालाई लिएर छायांकन गरिएको थियो ।

भारतको दिल्लीमा केही समयबसेर आफ्नो उपचार गराएकी अभिनेत्री श्वेता अहिले पूर्ण पमा ठीक भइसकेकी छन् । अब भने उनी फिल्ममा आउने भएकी छन् । उनको नयाँ चलचित्र रिलिज नभएको तीन वर्ष पुग्न लागेको छ । तीन वर्षअघि अभिनेत्री श्वेता चलचित्र ‘कान्छी’मा देखिएकी थिइन् ।

अभिनेत्री श्वेता यतिबेला आफू नयाँ फिल्ममा अनुबन्धित भएको बताएकी छन् । सो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गर्न बाँकी रहेकाले अहिले खुलाउन नमिलेको उनले बताएकी छन् । अभिनेत्री श्वेतालाई सो फिल्मको कथा साह्रै मन परेपछि आफूले फिल्म खेल्न एग्रिमेन्ट गरेको यी नायिकाले बताएकी छन् ।

यम थापाको निर्देशनमा बन्ने नयाँ फिल्ममा श्वेताले काम गर्न लागेकी हुन् । ‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यमले यो नयाँ चलचित्रमा श्वेतालाई आमाको भूमिकामा उतार्ने भएका छन् । श्वेताको छोरीकी रूपमा सेड्रिना शर्मालाई लिने भनिएको छ ।

अहिले आफ्नो व्यापार व्यवसायमा व्यस्त रहेकी श्वेताले चलचित्रलाई पनि निरन्तरता दिने बताएकी छन ्। दिवंगत पति श्रीकृष्ण श्रेष्ठले उनलाई फिल्म कहाँ भेटिएलाबाट नायिकाको रूपमा ल्याएका थिए । त्यसैले, आफ्नो पतिको त्यो सपना पूरा गर्न पनि श्वेताले फिल्ममा नायिकाको रूपमा निरन्तता दिने भएकी छन् ।

नयाँ फिल्ममा अनुबन्धितबारे अभिनेत्री श्वेताले भनिन्, ‘अनुबन्धित भएको कुरा सही हो । कथा राम्रो लागेपछि काम गर्नका लागि सहमति जनाएको हुँ र अहिले त्यसको तयारीमा जुटेकी छु ।’ उनले अगाडि थपिन्, ‘कोरोना महामारीपछि यही फिल्म गर्नेछु । त्यसपछि आफ्नै प्रोडक्सन हाउसबाट नयाँ फिल्म निर्माण गर्दै छु र त्यसको पनि अहिले कथामा काम हुँदै छ । ’ राजधानीबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -