काठमाडौँ, बुधबार, १७ भाद्र २०७७ । गितकार डा. उत्तम खनालको “मेरो मुटु कतै टुट्यो” बोलको आधुनिक गीत सार्बजनिक गरिएको छ । संगितकार मनराजा नकर्मीले संगीत संयोजन गर्नु भएको छ । यस गीतमा सुरिल स्वरकी धनी गायिका पवित्रा वलीको स्वरमा सजिएको उक्त गीत रेडियो नेपालको स्टुडियोमा २०७६ सालमा रेकर्ड भै बज्न सफल भएको छ ।
अहिलेको समयमा मनका छलाङ्गहरु समेटेर लेखिएको यस गीतले आम स्रोताको मन र मुटुमा बस्न सफल हुँदै गएकोले गीतकार डा. उत्तम खनाल साहित्यको फाँटमा उदाउँदै गरेको एक तारा बनेरआफुलाई स्थापित गराउँदै हुनुहुन्छ ।
साथै, उहाँकाे प्रणयकोष कविता संग्रह पर्कासित भईसकेको छ । मुक्तक, गीत र उपन्यास विधामा समेत कलम चलाउन मन पराउने खनालका थुप्रै अनुसन्धानमुलक लेखहरु बजारमा आईसकेका छन् ।








































