गोरखा, सोमबार, १५ भाद्र २०७७ । उपचारका क्रममा एक महिलाको आज मृत्यु भएको छ । गोरखाको आरुघाट गाउँपालिका ४ कि ६५ वर्षिय महिलाको उपचारको क्रममा छाउनी अस्पताल काठमाण्डौँमा मृत्यू भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सोमवार ति महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको जानकारी दिइएको हो । उनी दुई महिना देखि बिरामी भएर छाउनीमा उपचाररत रहेकी थिईन ।









































