भावना म्युजिक सोलुशनको प्रस्तुतिमा रोयल गुरुङको दशैं विशेष “जन्मेकै गाउँ रोयो” गीतको भिडियो सार्बजनिक गरिएको छ ।
अर्जुन सापकोटा र देवि घर्तीको सुमधुर आवाज रहेको छ। निकै मार्मिक शब्द समेटिएको उक्त दशै गीतमा बिमल अधिकारीको रचना रहेको छ । बिनोद बाजुरालीले संगीत संयोजन गर्नु भएको छ ।
स्मृति तिमिल्सिना “गुरुआमा” को निर्देशन, राजेश घिमिरेको छायांकन गर्नु भएको “जन्मेकै गाउँ रोयो ” गीतको भिडियोमा रामचन्द्र अधिकारी (काजी बा), सुस्मिता थापा, बिमल अधिकारी, सुस्मिता थापा, रोशनी थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
गाउँले परिवेशमा बनाइएको उक्त गीतमा गाउँघरका मनोरम दृश्य कैद गरिएको छ ।
भिडियो








































