गोरखा, सोमबार, १५ भाद्र २०७७ । गोरखामा गएको ६ दिनदेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–८ ठुलो पन्द्रुङ घर भएका केशव बरामको शव हिजो साँझ ग्याजीको भीरमा अड्किएको अबस्थामा फेला परेको अमर गुरुङले जानकारी दिनुभयो ।
उहाँले पन्द्रुङमा सानो पसल चलाएर बस्दै आउनु भएको थियो । यहीं भदौं ८ गते बिहान ७ बजे स्वाँरामा लघुबित्तमा काम छ भनेर घरबाट निस्कनु भएका बराम नफर्किएपछि परिवार र स्थानीयबासी खोजी गर्दै आएका थिए । ‘आइतबार साँझ अबेर ग्याजीको तामाखानी भन्ने ठाउँमा भीरको कन्तरमा अड्किएर शव भेटिएको हो, लास गन्हाएपछि के रहेछ भनेर बुझ्ने क्रममा बरामको शव फेला प¥योे ।’अमर गुरुङले भन्नुभयो ।
स्थानीयले बरामकोे भीरबाट लडेर नै मृत्यु भएको हुनसक्ने आंशका गरेका छन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शारिरिक रुपमा असक्त समेत रहेका उहाँको एक श्रीमती र २ छोरीहरु रहेका छन् । शव फेला परेको क्षेत्र भीरैभीर र जंगल भएको क्षेत्र रहेको स्थानीयको भनाई छ ।









































