Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४०:०२ बिहान
- ADVERTISEMENT -

एक हप्तासम्म मनाइने इन्द्रजात्रा सुरु

प्रकाशित मिति: २०७७ भदौ १४, आइतबार

607
Shares

काठमाडौँ, आइतबार, १४ भाद्र २०७७ । काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा आजदेखि सुरु भएको छ । हरेक वर्ष भदौशुक्ल द्धादशीका दिनदेखि एकहप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा सुरु हुने गर्दछ ।

यसवर्ष कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण यो पर्व घर-घरमा मात्र सीमित हुने भएको छ । हनुमानढोका दरबारअगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ । तर यसवर्ष यो परम्परा भंग भएको छ ।

आइतबार बिहान ८ बजेर ७ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याउने साइत थियो । त्यसो गर्न नसकिए पनि बिहान साधारण पूजा मात्र गरिएको केन्द्रीय मानन्धर संघका गजेन्द्र मानन्धरले बताउनु भयोे । इन्द्रध्वजाको व्यवस्थापन मानन्धर संघले गर्ने गर्दछ।

त्यस्तै आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसी, देवी नाच, महाकाली नाच, आकाश भैरवलगायतका परम्परागत सांस्कृतिक मूर्ति र नाचले प्राचीन सांस्कृतिक नगर झकिझकाउ गरिने गरिन्थ्यो ।

देवदेवीको मुखौटाहरुलाई परम्पराअनुसार भण्डारण गरिएको ठाउँबाट निकालेर मर्मतसम्भार गरिएका छन् भने पूजासहित आसनमा राखिएका छन् । तर सर्वसाधारणको दर्शनको लागि देवदेवीको घर भनेर खुला गरिएका छैनन् । त्यस्तै देवीदेवीहरुका नाच पनि प्रदर्शन गरिने छैनन् ।

साथै, आज बेलुका यस वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गर्ने परम्परा छ । तर काेरोना भाइरसका कारण उपाकु जानु पर्ने कुनै-कुनै परिवारले बिहान सबैरै परिक्रमा गर्नु पर्ने परम्परालाई निरन्तरता दिनको लागि रुटको कुनै निश्चित ठाउँमा मात्र गएर पनि सम्पन्न गरेका छन् । तर, बेलुका हुने सबै धार्मिक गतिविधि भने यसवर्ष नहुने भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -