काठमाडौँ, आइतबार, १४ भाद्र २०७७ । धादिङका युबा नेता उमेश श्रेष्ठद्वारा जन्मदिनको अबसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नु भएको छ । नेपाली कांग्रेस धादिङका युबा नेता उमेश श्रेष्ठले आफ्नो जन्मदिनको सु-अबसरमा चुलीदेबि मा बि मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न पचास हजार सहयोग गर्नुभएको छ ।
चुलीदेबी मा वि का सस्थापक समजसेवी पुर्ण बहादुर श्रेष्ठका सुपुत्रहरु युवा व्यावसायीहरु रमेश कुमार श्रेष्ठ, उमेश कुमार श्रेष्ठ र सुरेन्द्र कुमार श्रेष्ठको सयुक्त पहलमा युवा नेता एबम ब्यबसायी उमेश कुमार श्रेष्ठको जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बालवालिकाको लागि छात्रवृति प्रदानको लागि आफनो दिवङ्गत हजुरआमा लक्ष्मी कुमारी श्रेष्ठको स्मृतिको अवसरमा बितरण गरी रु ५०,००। – अक्षरुपी रु पचास हजार को अक्षयकोष स्थापना गर्नु भएको छ ।
युबा नेता समाजसेवी उमेश श्रेष्ठ लगायत उहाँको परिवारप्रति बिधालय परिवारले हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेको छ ।









































