ललितपुर, ७ भाद्र २००७७। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण आज बिश्व जटिल अवस्थामा गुज्री रहेको छ । पाटन अस्पतालमा उपचार गराइरहनु भएका बिरामीका लागि A positive रगतको आवश्यता परेको चित्र बहादुर श्रेष्ठले बताउनु भयो ।
पाटन अस्पतालमा भेल्टीलेटरमा राखेर उपचार गराई रहनु भएका पिडितको अवस्था जटिल रहेको र उहाँको उपचार प्लाज्मा थेरापीबाट मात्र सम्भब भएको हुनाले उहाँको उपचारका लागि A positive रगत उपलब्ध गराईदिन श्रेष्ठले आग्रह गर्नु भएको छ ।
कोरोना पोजेटिभ भएर उपचार पश्चात कोरोना नेगेटिभ भईअस्पतालबाट डिस्चार्ज भएको कम्तिमा १५ दिन हुन पर्नेछ । रगत दिने व्यक्तिको उमेर १८ बर्ष देखि ६० बर्ष हुनुपर्ने । पि सी आर रिपोर्ट नेगेटिभ भएको मापदण्ड भएका मनकारी व्यक्तिले ९८४१४५६७०६, ९८५११४६७०६ र ९८६६५४३४७१ मा सम्पर्क गर्नु हुन सबैमा अनुरोध गर्दछौ ।









































