काठमाडौँ, आइतबार, ७ भाद्र २०७७ । गायिका समिक्षा अधिकारीको आधुनिक गित “दुई नाउमा पाउ लायौ ” सार्वजनिक गरिएको छ । “दुई नाउमा पाउ लायौ” गीतमा समिक्षा अधिकारीको सुमधुर आवाज रहेको छ । नवराज शर्माको शब्द, सि.डि विजय अधिकारीको सङ्गीत र राजु कार्कीको एरेञ्ज रहेको छ ।
योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा तयार गरिएको उक्त भिडियोमा गायिका समिक्षा अधिकारीको अभिनय समेत रहेको छ ।
दुई प्रेमी बिछोड पछिको भोगाइको यथार्थ चित्रण गरिएको उक्त भिडियो समिक्षा अधिकारीको अफिसियल च्यानल युटुव मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो








































