काठमाडौँ, शनिबार, ६ भाद्र २०७७ । पाचौ बर्षको सफलतापछि यस बर्ष कै पहिलो दशैँ गीत “ए परदेशी” भाग ६ सार्बजनिक भएको छ । गोरखा चौतारी म्युजिक प्रा लि को प्रस्तुतिमा सुनिल लामिछानेको दशैँ बिशेष गीत “ए परदेशी” भाग ६ सार्बजनिक गरिएको हो ।
उक्त गीतमा चर्चित गायिका शान्ति श्री परियार र ऋषि खड्काको सुमधुर आवाज रहेको उक्त गीतमा सुनिल लामिछानेको शब्द, ऋषि खड्काको लय रहेको छ । सगुन शाही र सुनिल लामिछानेको बुलन्द अभिनय उक्त भिडियोमा हेर्न सकिन्छ ।
अशोक बि क को निर्देशन, सुरेश श्रेष्ठको छायांकन, शिव पौडेलको सम्पादन रहेको उक्त भिडियोलाई उमंग फिलिम्सले दृश्य निर्माण गरेको छ ।
भिडियो








































