काठमाडौं, शनिबार, ६ भाद्र २०७७ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रामहरि खतिवडाको पहलमा हेलिकप्टरबाट ओखलढुंगाका सुत्केरीको उद्दार गरेको छ ।
ओखलढुंगाको मिसन हस्पिटलमा अप्रेसनपछि रक्तस्राव नरोकिएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेका हुन् ।
मानेभञ्ज्याङ १ मोलीका पातली श्रेष्ठ राईलाई थप उपचार गर्न काठमाडौबाट हेलिकप्टर पठाएर उद्दार गरिएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सुत्केरी महिलाको उद्दार भएको हो ।
थप उपचारको लागि काठमाडौं ल्याएको पातली श्रेष्ठ राईको सु–स्वास्थ्यको कामना गर्दै नेता खतिवडाले उपचारमा सहयोग गर्ने बताएका छन् ।









































