गोरखा, शुक्रबार, ५ भाद्र २०७७। गोरखामा खशी चोरी गरी बिक्री गर्ने ३ जना प्रहरी नियन्त्रणमा रहेका छन् । ३ जनालाई प्रहरीले गोरखा सदमुकामबाट नियन्त्रणमा लिएको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिका १ मसेलबाट चोरी गरि गोरखा बजारमा बिक्री गर्न लागेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
खशी धनी भगवान बाँनियाले आफ्नो घरको ३ वटा खशी मध्ये २ वटा खशी चोरी भएको जानकारी गराए पछि प्रहरीले उनीहरुलाई शक्तिचोकबाट नियन्त्रणमा लिएका हो ।
खशी चोरी गर्ने मानिस भने अहिले सम्म पक्राउ परेको छैन । उनीहरुको खोजी ब्यापक रुपमा भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।








































