काठमाडौं, बिहिबार, ४ भाद्र २०७७ । प्रहरीले राजधानीको माछापोखरीबाट दुई वटा पेस्तोल र १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट नुवाकोट शिखरबेंसी-६ बस्ने वर्ष २७ को विकास पण्डित र लिपु गाउँपालिका-१ बस्ने वर्ष २८ को अमर तामाङलाई पक्राउ गरेको हो।
तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका थिए । त्यसपछि अपराध महाशाखाले प्रहरी निरीक्षक भोलकुमार भट्टको कमाण्डमा नुवाकोटमा टोली पठाएर तामाङलाई उनकै घरबाट पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ।
तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका थिए ।








































