Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२२:४२ बिहान
- ADVERTISEMENT -

प्रेस काउन्सिललाई गुटगत प्रचार कोटरी बनाएरै छाड्ने प्रधानमन्त्रीज्यू ?

प्रकाशित मिति: २०७७ भदौ ३, बुधबार

627
Shares

काठमाडौं, बुधबार, ३ भाद्र २०७७ । नेपाली काँग्रेसले प्रेस काउन्सिलमा कार्यबाहक अध्यक्ष नियुक्तिको विषयमा प्रश्न उठाएको छ । सरकारले दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यबाहकको जिम्मेवारी तोकेपछि काँग्रेसले प्रश्न उठाएको हो ।

अध्यक्ष नभएको अवस्थामा काउन्सिलकै सदस्यहरुले वरिष्ठ सदस्यलाई कार्यबाहक दिने व्यवस्था भए पनि सरकारले नियमावली संंशोधन गरी आइतबार काउन्सिलको सदस्य नियुक्त भएका भण्डारीलाई सोमबार कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

यसअघिका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाइएको विषयमा पत्रकार संगठनको विमति रहेको छ । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन एवं अन्य सरोकारवाला संस्थाहरुसँग संवाद र सहमति बेगर निर्णय लिइएको भन्दै काँग्रेसको समर्थन नरहने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

गुटगत प्रचारको कोटरी काउन्सिललाई बनाउने निर्णय फिर्ता लिएर सरोकारवालाहरुसंग संवाद मार्फत समाधानमा पुग्न काँग्रेसले प्रधानमन्त्रीलाई सार्वजनिक रुपले अपील गरेको छ ।

शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपाको सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिल प्रकरणमा देखिएको छ । विवादास्पद मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस काउन्सिलको औचित्य र अस्तित्वलाई नामेट गराउने सरकारको दुस्प्रयाश विगतमा छँदै थियो । त्यसले मुर्तरुप पाउन नसकिरहेको बेला सरकारले ठाडै हस्तक्षेप मार्फत काउन्सिललाई नेकपाको, त्यहाँ भित्र प्रधानमन्त्री निकट गुटको अझ त्यहाँ भित्रपनि केही निस्चित ब्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली काँग्रेसको प्रष्ट विमती छ ।’

काउन्सिलको जिम्मेवारीमा को थिए वा ल्याइएका छन् भन्नेमा आफ्नो चासो नभएको भन्दै विधिको कुरा मुख्य प्रश्न भएको शमाले बताए । ‘नेपाली प्रेसलाई स्वतन्त्र ढंगले कार्य गर्न सहज तुल्याउने र प्रेसलाई मर्यादित राख्न कसैको पनि दबाब मुक्त उत्प्रेरणाको कार्य गर्ने थलोको हो । यसबारे विगतमा कुनै कमजोरी भएका थिए भने पनि त्यसलाई नजिरका रूपमा लिएर दोहोर्‍याउने होइन, सच्याएर काउन्सिललाई राजनैतिक आग्रह मुक्त स्वतन्त्र प्रेसको उच्च गरिमा राख्ने थलोका रुपमा परिस्कृत र विकसित गर्ने आजको समयको माग र आवश्यकता हो,’ शर्माले भने ।

नियंत्रित प्रेसको बाटोमा सरकार शृङ्खलाबद्ध ढंगले कार्य गरिरहेको भन्द यसलाई काँग्रेसले गम्भीरतापूर्वक लिएको शर्माले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -