काठमाडौं, मंगलबार, २ भदौ २०७७ । रेमिटेन्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर र ब्रुनाईको ख्यातिप्राप्त सिआम्मलीबीच रेमिटान्स कारोबार गर्न सम्झौता भएको छ । यो सम्झौता पछि ब्रुनाईमा रहेका नेपालीहरुले सिआम्मली रेमिटेन्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
त्यस्तै, नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ८ हजार ५ सयभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने सिटी एक्प्रेसले जनाएको छ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिआम्मली रेमिटेन्सको तर्फबाट संस्थाका निर्देशकले हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया आदि थुप्रै देशहरुमार्फत् विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।








































