काठमाडौँ, सोमबार, १ भाद्र २०७७ । नेपाल विद्यार्थी संघद्वारा चतुर्भुजेश्वोर बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । वर्तमान नालायक सरकारले काठमाडौ र बिरगंजबाट पक्राउ गरेका विद्यार्थी नेताहरुलाई तुरुन्त रेहाइको माग गर्दै आज पहिलो चरणको कार्यक्रम अन्तर्गत चतुर्भुजेश्वोर बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

पक्राउ गरेका विद्यार्थी नेताहरु रिहाई नहुन्जेल हाम्रो आन्दोलन जारी रहने नेपाल विद्यार्थी संघले जनाएको छ । बिकास शर्माको नेतृत्वमा नेपाल विद्यार्थी संघका इकाई सभापति बिष्णु मैनाली इकाई, सह- सचिव शिशिर मैनाली र इकाई सदस्य सुदिप शिवाकोटीले तालाबन्दी गर्नु भएको नेपाल विद्यार्थी संघका नेता मनिष रायमाझीले जानकारी दिनुभयो ।
नेपाल विद्यार्थी संघका नेता मनिष रायमाझीले पक्राउ परेको विद्यार्थी नेता बिना शर्त रिहाइ नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिनु भयो।








































