Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
८:०२:२९ बिहान
- ADVERTISEMENT -

कांग्रेसको पुनर्जागरणका लागि रामचन्द्र पौडेलको दृष्टिकोण

प्रकाशित मिति: २०७७ साउन २७, मंगलबार

879
Shares

काठमाडौ, मंगलबार, २७ साउन २०७७। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको पुनर्जागरणका लागि आफ्ना ७ बुँदे दृष्टिकोण सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अघि सारेको दृष्टिकोणमा पार्टीमा नवजीवन, लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोबास, व्यवस्थाको प्रश्न, सामाजिक धार्मिक सद्भाव, परराष्ट्र सम्बन्ध रहेका छन् ।

पौडेलले अघि सारेका ७ दृष्टिकोण

१. पार्टीमा नवजीवन – ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी मुल्यांकन र निष्पक्षता पार्टी एकताको आधार ।

२. लोकतान्त्रिक समाजवाद – उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन । युवा–केन्द्रित रोजगारी सिर्जना । श्रमको सम्मान गर्ने संस्कृति । एकीकृत सामाजिक सुरक्षा । सार्वजनिक दायित्व बहन गर्ने गतिशील निजी क्षेत्र । जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य । मानवीय न्याय, स्वतन्त्रता, मानवीय खुशी र सुखी समाजवादका अन्तिम लक्ष्य ।

३. समुन्नतिका आधार – प्रविधि प्रयोगी दक्ष नागरिक । स्वच्छ उर्जा । उच्च उत्पादकत्व सहितको रोजगारमुखी कृषि । बहुआयामिक वातावरण–मैत्री पर्यटन । प्रतिस्पर्धी बजारसँग गाँसिएको उद्योग–व्यवसाय । दूरी र लागत घटाउने पूर्वाधार ।

४. हाम्रो बसोबास – स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको सञ्जाल । स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान । नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।

५. व्यवस्थाको प्रश्न – ७० वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना । मौलिक हक र विधिको शासनको प्रत्याभुति । भ्रष्टाचार विरुद्ध कठोर संघीय सुशासन । बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति ।

६. सामाजिक–धार्मिक सद्भाव – समाजका हरेक समुहबीच सहकार्य । सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण । सामाजिक पुँजीको जगमा सामुदायिक विकास ।

७. परराष्ट्र सम्बन्ध – नेपालको अखण्डता र स्वाभिमानको रक्षा । बलियो अर्थ–कुटनीतिक अभ्यास । भाइचारामा आधारित असंलग्न नीति । विभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवद्र्धन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -