काठमाण्डौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा मनोनित गर्नुपर्ने तीनजना सदस्यका बारेमा पार्टीभित्र छलफल चलाएका छन् । देउवाले महिला कोटामा पत्नी आरजु राणासहित रामचन्द्र पौडेल र विमलेन्द्र निधीलाई सभामा मनोनित गर्ने अनौपचारिक प्रस्ताव गरेको बताइएको छ ।
यसअघि देउवाले माओवादी र एमालेलाई पनि समेट्न गरी प्रस्ताव गरे पनि सहमति नभएपछि अब तीनै जना कांग्रेसका नेतालाई मनोनित गर्ने प्रयास गरेका हुन् ।
देउवाले एमालेबाट बामदेव गौतम, माओवादीबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट आरजुलाई मनोनित गर्ने प्रस्ताव गरे पनि एमाले र माओवादी सहमत नएपछि आरजुलाई नछुटाई पौडेल र निधीको नाम अघि सारेका हुन् ।
पछिल्लो प्रस्तावमा पार्टीभित्र सहमति नभए देउवाले आफ्नै इच्छाअनुसार मनोनित गर्ने बताइएको छ । देउवाले कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि विकल्पमा रुपमा लिएको बताईको छ ।
संविधानअनुसार राष्ट्रियसभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । कूल ५९ सदस्यीय सभामा ५६ जना भने प्रत्येक प्रदेशबाट ८ जनाका दरले निर्वाचित भएर आउनेछन् ।रिपोर्टस नेपाल बाट
आरजु, रामचन्द्र र विमलेन्द्रलाई राष्ट्रियसभामा मनोनित गर्ने देउवाको नयाँ प्रस्ताव
प्रकाशित मिति: २०७४ माघ २३, मंगलबार
1628
Shares
- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92









