Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४१:१४ बिहान
- ADVERTISEMENT -

राप्रपा त्यागेका नेता काँग्रेस प्रवेश गर्ने तयारीमा

प्रकाशित मिति: २०७७ साउन १२, सोमबार

649
Shares

काठमाडौँ, सोमबार, १२ साउन २०७७ । पार्टीबाट शनिबार सामूहिक राजीनामा दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का असन्तुष्ट नेताहरूले नेपाली काँग्रेस प्रवेश गर्ने तयारी गरेका छन् । राजिनामा दिनुअघिदेखि काँग्रेस प्रवेश गर्ने विषयमा छलफल भएपनि पद व्यवस्थापनमा कुरा मिल्न नसकेको सो दलका नेताहरूले बताएका छन् ।

काँग्रेस पदाधिकारीहरूसँग निरन्तर छलफल भएर पार्टी प्रवेशको सैद्धान्तिक सहमति बने पनि पद व्यवस्थापनमा कुरा मिल्न बाँकी रहेको राप्रपाका पूर्व प्रवक्ता किरण गिरीले बताउनुभयो । “काँग्रेसमा प्रवेश गर्ने करिब सैद्धान्तिक सहमति बनिसक्यो, पद व्यवस्थापनको काम बाँकी छ” उहाँले भन्नुभयो ।

पद व्यवस्थापनमा कुरा मिलेपछि पार्टी प्रवेशको औपचारिक मिति तय हुने नेता गिरीले जानकारी दिनुभयो । अहिलेसम्म पार्टी प्रवेशको औपचारिक मिति तय भइनसकेको उहाँको भनाइ छ । काँग्रेस नेताहरूसँग निरन्तर आन्तरिक छलफल भइरहेको उहाँले स्वीकार गर्नुभयो । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका सुपुत्र सुनिलबहादुर थापासहित थापा निकटका नेताहरू सामूहिकरुपमा राप्रपा परित्याग गर्नुभएपछि राप्रपा पुनः सङ्कटमा पर्ने देखिएको छ ।

पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीलाई सम्बोधन गर्दै शनिबार ३१ जना राप्रपाका नेताहरूले सामूहिक राजीनामा दिएका थिए । पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन आएको, समावेशीताको सिद्धान्तलाई अङ्गीकार नगरिएको आरोप लगाएर नेताहरू पार्टी परित्यागको घोषणा गरेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -