काठमाडौं, सोमबार, ५ साउन २०७७ । नेपाली कांग्रेस पार्टीबाट रिक्त रहेको प्रतिनिधिसभा सांसद पदमा सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार २ बजे ज्वारचनलाई संसद सचिवालयस्थित कृषि समितिको हलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि कांग्रेसकोतर्फबाट समानुपातिक सांसदको एक पद रिक्त थियो ।
छन्त्यालको निधन भएपछि समानुपातिक सूचीमा उनको पछि नाम रहेकी ज्वारचन सांसद बनेकी हुन् । ज्वारचनको घर गुल्मी हो ।








































