काठमाडौँ, आइतबार, ४ साउन २०७७ । नेपाली लोक दोहोरी क्षेत्रमा कुनै समय एकक्षत्र राज गर्न सफल नाम हो गायिका लक्ष्मी न्यौपाने । उनले नेपाली लोक दोहोरी क्षेत्रमा रहेर सयौं हिट गीतहरु दिइसकेकी छिन ।
केही समय यस क्षेत्रबाट टाढा रहेकी न्यौपाने यस बर्ष भने धमाकेदार तिज गीतसहित पुन आएकी छिन ।
मार्मिक तिज गीत “मै माग्थे बालापनमा स्वर, लय, शब्द लक्ष्मी न्यौपानेको रहेको छ । उक्त गीत आफ्नै युटुब बाट सार्वजनिक गरेकी न्यौपानेको यो गीत एक दिनमै डेढलाख भन्दा बढी पटक युटूब मा हेरिएको छ ।
चर्चित निर्देशक स्मृती तिमिल्सिना (गुरु आमा) ले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा रिना थापा र स्मृती तिमिल्सिना को अभिनय रहेको छ ।
मार्मिक तिज गीत “मै माग्थे बालापन गीत निकै उत्कृष्ट बनेको छ । साँच्चिकै तिजको झल्को मेटाउने यो गीतले यो तिजमा चर्चाको शिखर चुम्ने निश्चित छ ।
भिडियो








































