काठमाडौं, शुक्रबार, २ साउन २०७७ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका तीन सदस्य निर्देशकमा नियुक्त भएका छन् ।
प्रतिष्ठानका प्रमुख कांग्रेस उपसभापति विमलेन्द्र निधिले नीति निर्देशकमा डा. जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा. सूर्य ढुंगेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुंगा) लाई नियुक्त गरिएको हो ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ (१) (घ) बमोजिम तीनै जनालाई नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए । उनका अनुसार यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गरिएको थियो ।








































