Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:४८ बिहान
- ADVERTISEMENT -

बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल सहमतिकै आधारमा पार्टीभित्रको संकट हल गर्ने निश्कर्ष

प्रकाशित मिति: २०७७ असार ३०, मंगलबार

724
Shares

काठमाडौं, मंगलबार, ३० असार २०७७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल सहमतिकै आधारमा पार्टीभित्रको संकट हल गर्ने निश्कर्षसहित सकिएको हो ।

स्थायी कमिटीको बैठक चलिरहेको बेला एजेण्डा भन्दा बाहिर गएर ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने भन्दै गुटको भेला भएपछि नेकपा फुटको संघारमा पुगेको थियो । स्थायी कमिटी बैठक नै पार्टी बिभाजनको कारक बन्ने अवस्था सिर्जना भएपछि अध्यक्षद्वय ओली र प्रचण्डले सहमतिका लागि समय लिएर बैठक साउन २ गतेसम्म स्थगित गर्नुभएको छ । बैठक स्थगित भएपछि लगातार छलफलमा जुटनुभएका ओली र प्रचण्डबीच आजको बार्तामा एकता गर्दाको आधार, सचिवालयको निर्णयअनुसार समाधान खोज्ने गरी छलफल भएको छ । नेकपामा बिधानतः दुई अध्यक्षबीच सहमति भई हस्ताक्षर नहुँदासम्म निर्णय भएको मानिदैन ।

एकता गर्दा र बिधानमा भएको यो ब्यवस्था बिपरित अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध बहुमतको आडमा हटाउने अभियान चलाएपछि नेकपाभित्रको बिवाद चरम अवस्थामा पुगेको थियो । पछिल्लो छलफलमा यही बैधानिक ब्यवस्थाअनुसार निकास दिने गरी दुई अध्यक्षबीचको छलफल अघि बढेको हो । आजसम्मको छलफलमा ओली र प्रचण्डबीचमा कायम भएको आशंकाको दुरी कम भएको र बिहीवारको बार्तामा निश्कर्ष दिने गरी गृहकार्य अघि बढेको सचिवालयका एक नेताले जनताटाइम्सलाई जानकारी दिनुभयो ।

‘सहमतिका बिभिन्न बिषयमा कुराकानी भएको छ, निश्कर्ष नआउँदासम्म दुवै अध्यक्षले बाहिर सार्वजनिक नगर्ने नीति लिनुभएको छ, अवको छलफलमा सकारात्मक निश्कर्ष आउँछ र सहमतिकै आधारमा पार्टी अघि बढाउने काम हुन्न भन्ने कुरा दुवै अध्यक्षबाट आएको छ,’ ओली–प्रचण्ड छलफलबारे ती नेताले भने । आज अध्यक्षद्वय ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको हो ।

आजको बार्तामा छलफललाई निरन्तरता दिई समाधान खोज्ने सहमति दुई अध्यक्षबीच भएको छ । यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । सहमतिकै लागि पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजनिक अभिव्यक्ति दिइसक्नु भएकोले नेकपाभित्रको संकट टरेको देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -