Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:०० बिहान
- ADVERTISEMENT -

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन

प्रकाशित मिति: २०७७ असार २८, आइतबार

580
Shares

काठमाडौं, आइतबार, २८ असार २०७७ । नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थमा लगातार मूल्य वृद्धि गरेको भन्दै त्यसको विरुद्ध प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आज मध्यान्ह ११ बजेबाट साढे १२ बजेसम्म आयल निगमको कार्यालय परिसर बबरमहलमा विरोध पदर्शन गरेको नेविसंघका महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिनुभयो ।

सरकारले नौ दिनको अवधिमा पेट्रोलियम पदार्थमा दुईपटक मूल्यवृद्धि गरेको छ । पेट्रोलमा ६ रुपैयाँको दरले र डिजेलमा तीन रुपैयाँको दरले मूल्यवृद्धि गरेको छ ।

कोरोना महामारीमा आर्थिक रुपमा कमजोर भएका जनताको ढाड सेक्ने उद्देश्यले सरकारले मूल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिन दबाब दिनका लागि नेविसंघले विरोध प्रदर्शन गरेको तिमल्सिनाले बताउनुभयो ।

सरकारले भने स्वचालित मूल्य प्रणाली लागु गरिएकाले भारतीय आयल निगम (आइओसी) ले जस्तो विवरण पठाउँछ त्यसकै आधारमा मूल्य समायोजन हुने गरेको जनाएको छ ।

नेविसंघले अन्य धेरै विकल्पहरु हुँदाहुँदैपनि सरकारले जनतालाई दुख दिने नियतले मूल्यवृद्धि गरेको आरोप लगाएको छ ।

आइओसीकै अनुसार मूल्यवृद्धि गर्नैपरेपनि प्रदुषण शुल्क, पूर्वाधार विकास शुल्क, सडक मर्मत सम्भारलगायत विभिन्न नाममा कर लिने गरेको सरकारले केही शुल्क कटौती गरेरै भएपनि अहिलेको विषम परिस्थितिमा मूल्य वृद्धि गर्न नहुने महामन्त्री तिमल्सिनाको तर्क छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -