Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
४:१०:१७ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीको राष्ट्रियताको नारा कागजी बाघमात्र : नेता रामचन्द्र पौडेल

प्रकाशित मिति: २०७७ असार २७, शनिबार

665
Shares

काठमाडौं, शनिबार, २७ असार २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघमात्र भएको टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेशका कांग्रेस नेता–कार्यकर्ताहरुसँगको ‘भर्चुअल’ छलफलमा नेता पौडेलले राष्ट्रियताको मुद्दालाई प्रधानमन्त्री ओलीले कागजी बाघमात्र बनाएको टिप्पणी गरेका हुन् ।

उनले राष्ट्रियतालाई कागजी बाघ बनाएकै कारण प्रधानमन्त्री ओलीले नेपाली भूमी फिर्ता गर्न नसक्ने दाबी गरे । वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर सरकारले भारतसँगको वार्ताको वातावरण बिगारेको उनको आरोप थियो ।

वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको जिकिर गरे । उनले कम्युनिस्टहरुले समाजवाद र समानता भन्ने गरे पनि भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने काम गरेको आरोप लगाए ।

पौडेलले गरिबी, अशिक्षा तथा महामारी रोक्न कम्युनिस्ट सरकार असफल भएको बताए । कम्युनिस्टहरुसँग जनता झुक्याएर सत्ता हत्याउने जालझेलबाहेक अरु केही काम गर्ने ढंग नभएको नेता पौडेलको भनाइ थियो ।

उनले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे । पौडेलले फागुनमा महाधिवेशन गर्नका लागि पर्याप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छन् किन भन्नेमा खबरदारी गर्न आग्रह गरे ।

उनले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सवै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -