Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
८:०२:३३ बिहान
- ADVERTISEMENT -

ओली–मोदीवीच चार बुँदे गोप्य सहमति भएको खुलासा !

प्रकाशित मिति: २०७४ माघ २१, आइतबार

1813
Shares

काठमाडौं, भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा नयाँ थपिएको हल्ला सुनिएको छ । स्वराजको नेपाल भ्रमणसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच चार वटा विषयमा सहमति भएको समेत खुलासा भएको छ ।
उच्च स्रोतले दिएको जानकारी अनुसार मोदी र ओलीले नयाँ बदलिँदो परिवेशलाई आत्मासात् गर्दै द्धिपक्षीय सम्बन्धलाई आपसी हित अनुकुल अघि बढाउने संकल्प गरेका छन् । नेपालमा तीनै तहका निर्वाचन सम्पन्न भएपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालका तीन वटै ठूला दलका नेतालाई फोन गरेर व्यक्तिगत रुपमै बधाई दिएका थिए । यसमा पनि उनले खास महत्व भने एमाले अध्यक्ष ओलीलाई नै दिएका थिए ।
उनले एक महिनाको अवधिमा दोहोर्याएर ओलीसँग कुरा गरेका थिए । उनले कुराकानीको दौरानमा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा चित्रण गर्दै भारत भ्रमणको निम्तो समेत दिएका थिए । त्यसको केही दिनपछि नै भारतले नेपालमा विदेशमन्त्री स्वराजलाई नेपाल पठाउने खबर सार्वजनिक गरेको थियो । र, स्वराजले हालै नेपालको भ्रमण गरिसकेकी छिन् । उनको दुई दिने नेपाल भ्रमण एमाले अध्यक्ष ओलीकै निम्तोमा भएको हो पनि भनिएको छ ।
ओली–मोदीवीच चार बुँदे सहमति :
ओली र मोदीवीच भएका महत्वपूर्ण चार सहमति अनुसार पहिलो रहेको छ । ओलीको निमन्त्रणमा मोदी नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनको नेपालका मुक्तिनाथ र जनकपुरको जानकी मन्दिर घुम्ने अधुरो चाहना ओलीले नै पूरा गराउने भएका हुन् । जुन कुरा ओलीले मोदीसँगको टेलिफोनवार्तामा समेत भनिसकेका छन् । रमाईलो त के भने, मोदीले पनि ओलीलाई प्रधानमन्त्री बन्नुपुर्व नै भारत भ्रमणको निम्तो दिए । र, ओलीलाई स्वागत गर्न आफूहरु आँतुर रहेको मोदीको वचन थियो । पहिलो सहमतिमा दुवै नेताले एक अर्काको देशको भ्रमण गर्ने रहेको छ । उनीहरुको समझदारी भनेको नै द्धिपक्षीय उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने ।
दोस्रो समझदारीमा भने आर्थिक साझेदारी रहेको छ । मोदीले पनि नेपालमा स्थायित्व र विकास होस भनेर धेरैपटकको सार्वजनिक भाषणमा आफ्नो अभिव्यक्ति दिईसकेका छन् । सोही अनुसार उनले नेपालमा निर्वाचन सम्पन्न भएकोले आर्थिक समृद्धिको लागि सहकार्यमा जोड दिएका छन् । यता ओलीले पनि मोदीको उक्त चाहनामा आफू पूर्ण रुपमा सहमत भएको जनाईसकेका छन् ।
तेस्रो सहमतिमा भने द्धिपक्षीय सम्बन्धमा देखिने र आगामी दिनमा आउने भवितव्य खालका अविश्वासका खाडलहरुलाई आपसी समझदारीका आधारमा हल गर्ने रहेको छ । विगतमा देखिएका अविश्वासलाई अब विश्वासमा परिणत गर्नुपर्नेमा उनीहरु दुवै एकमत देखिएका छन् ।
त्यस्तै उनले सिमा नाकामा देखिने सबै खाले समस्याहरुपनि कुटनैतिक टेबलमार्फत हल गर्नुपर्ने आपसी समझदारी बनाएका छन् । नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदन अनुसार नै अघि बढ्ने पनि उनीहरुवीच समझदारी बनेको छ।
त्यस्तै चौथोमा आर्थिक समृद्धि र विकासको लागि भारतसँगको सहकार्यलाई अझै तिव्रता दिने पनि ओली–मोदीवीच समझदारी बनेको छ। दुई तिहाईभन्दा बढिको व्यापारिक हिस्सा भारतसँग भएकोले आगामी दिनमा पनि भारतसँग दिर्घकालिन रुपमा सहकार्य गर्ने ओलीको चाहना छ ।रिपोर्टस नेपाल वाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -