बुटवल, बुधबार, २४ असार २०७७ । दिनभर काम गरि साँझ खाना खानेहरु हुन् अथवा जागिरे, व्यवसायी सबै कोरोना भाइरस र लकडाउनको कारण अहिले धेरै नेपालिहरु अप्ठ्यारोमा छन। यस अवधिमा थुप्रै लघु चलचित्रहरु रिलिज भएका छन् ।
जनक पाण्डेयको निर्देशनमा तयार भएको ‘डोरी’को रुपन्देहीमा छायाङ्कन गरिएको छ । ठुलो पर्दाका चलचित्र समेत निर्देशन गरिसकेका जनक पाण्डेयको भर्खर रिलिज लघु चलचित्र ‘डोरी’ मा भने पहिलो निर्देशन हो । गित समेत समावेश गरिएको यस लघु चलचित्रको कथावस्तुले दर्शकको मन जित्ने अपेक्षा लिइएको छ ।
मुक्ति बाबु, दिपजंग शाही, बिजय लब्ली, विष्णु चापागाई पाण्डेय लगाएतको अभिनय रहेको यस चलचित्रमा दिपक पाण्डेय (लक्की) को छायाङ्कन र सम्पादन रहेको छ । यस चलचित्रमा कथा निर्देशक आफैले लेखेका हुन् र गीतमा पनि पाण्डेयको आफ्नै आवाज र शब्द रहेको छ ।
लेजेण्ड फिल्म्स तथा जनक इण्टरटेनमेण्टको प्रस्तुतिमा लेजेण्ड फिल्म्स युटुब च्यानल बाट रिलिज गरिएको छ । डोरीमा एउटा गाँउको कथा समेटिएको छ । नेपालि जनताले वर्तमान समयमा भोगेका पीडालाई कथामा प्रस्तुत गरि त्यसको समाधान गर्न कसरि गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ ।
लकडाउन पछि ‘डोरी’ भन्ने शिर्षक देख्ने बित्तिकै आत्महत्या गर्ने हरुको कथा हो भन्ने सामान्य बुझाइ रहेपनि यसमा फरक रहेकोले एकपटक हेरेर प्रतिक्रिया दिन आग्रह गरिएको छ ।








































