पाल्पा, बिहिबार, १८ असार २०७७ । नेपाल तरुणदल पाल्पा क्षेत्र न. १ द्वारा आयोजित कार्यक्रममा क़रीब ४२ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।
ने क पा को बलियो आधार मानिने निस्द्दी गाऊँपालिक ५ का २७ जना नेता कार्यकर्ता तथा रामपुर नगरपालिक ४ बाट १५ जना युवाहरू नेपाल कम्युनिस्ट पार्टी परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी भित्र बढ्दै ग़ैरहेको वैचारिक बिचलन, भस्ट्रचार, चरित्रहीन प्रवृत्तिका कारण आफुहरू कांग्रेसमा प्रवेश गरेको र आगामी दिनहरूमा कांग्रेसमा सक्रियताका साथ अगाड़ी बढ़ने पनि प्रण गर्नु भएको छ ।
कार्यक्रमको अध्यक्षता तरुण सभापति प्रेम प्रकाश श्रेस्ठले गर्नु भएको थियो भने महासमिति सदस्य तथा रामपुर नगर प्रमुख रमण बहादुर थापाले नब प्रबेसीहरूलाई खादा लगायर सम्मान तथा स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि, नगर सभापति, बिधार्थी नेता तथा तरुण नेताहरूले देश र बिकासका निम्ति लोकतन्त्रको धरोहर नेपाली कांग्रेस पार्टीमा सम्पूर्ण यूबाहरू एक भएर अगाड़ी बढ्नुपर्ने धारणा राख्नु भएको थियो ।








































