Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:०९ बिहान
- ADVERTISEMENT -

प्रचण्डद्वारा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा माग

प्रकाशित मिति: २०७७ असार १६, मंगलबार

584
Shares

काठमाडौं, मंगलबार, १६ असार २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन् । स्थायी कमिटी बैठकमा आइतबार ओलीले दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रचण्डले दुवै पदबाट राजीनामा दिन ओलीलाई सुझाव दिए ।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार ओलीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको र बिना आधार सतही कुरामा प्रधानमन्त्री दौडिएको पुष्टि भएकाले अब राजीनामा दिनुपर्नेमा प्रचण्डले जोड दिएका हुन् । ती सदस्यका अनुसार प्रचण्डले भने, ‘मदन जयन्तीमा जुन अभिव्यक्ति दिनुभयो त्यसले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग मात्र होइन अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन तपाईँले सक्नु हुन्न । जुन जिम्मेवारीमा बस्नु भएको छ, त्यो अनुसारको अभिव्यक्ति आपत्तिजनक छ ।’

लगत्तै जवाफमा प्रधानमन्त्री ओलीले बैठकमा भएका कुरा दिल्लीका मिडियामा आएका कुरा हुबहु भन्दै आफ्नो बचाऊ गरे । उनले भने, ‘हाम्रो बैठकमा भएका कुरा दिल्लीका मिडियामा हुबहु कसरी आयो । ? यो विषयमा गम्भीर छलफल हुनुपर्छ ।’

प्रचण्डले तत्काल नै त्यसको पनि जवाफ दिए । उनले भने, ‘भारतले होइन, अब मैले भनेको छु तपाईँले प्रधानमन्त्री र अध्यक्ष दुवैपदबाट राजीनामा दिनुस् । तपाईँले नैतिकता गुमाउनु भयो । तपाईँले अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन यो मैले भनेको हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -