गोरखा, शुक्रबार, १२ असार २०७७ । उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराले प्रशोधित पानी प्रति जार ५० रुपैयाँ र प्रति बोत्तल १६ रुपैयाँमा किनबेच गर्न निर्देशन गरेको छ । बिहिबार गोरखा बजारको अनुगमनको क्रममा प्रशोधित पानी अत्याधिक मूल्य बढाएर बेचेको पाइएकाले निर्देशनालयका अनुगमन टोलीले मूल्य नबढाउन निर्देशन गरेको हो ।
निर्देशनालयले तोकेको अधिकतम मुल्य भन्दा बढिमा पानी बिक्री गरिएको भेटिएमा पहिलो चोटी सचेत गराइने, दोस्रो पटक रु २० हजार रुपैयाँ जरिबाना गर्ने र तेस्रो पटक पनि बढाएको भेटेमा पसल सील गर्ने निर्देशनालयले जनाएको छ ।
नेपाल बोत्तल वाटर उद्योग संघसँगको सहमतिमा गत मङ्सीर २० गतेदेखि लागु हुने गरी पानीको कम्पनी मूल्य र उपभोक्ता मूल्य कायम भएको छ ।








































