गोरखा, बुधबार, १० असार २०७७ । गोरखा नगरपालिकाले आगामी बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।
गोरखा नगरपालिकाले आ ब २०७७/०७८ को नीति तथा कार्यक्रममा कोरोना भाइरसका कारण लकडाउन भएको अवस्थालाई मध्यनजर गर्दै ब्यवसाय करमा २५ प्रतिशत र नविकरण दस्तुरमा ५० प्रतिशत शुल्क छुट दिने निर्णय गरेको छ ।
आज बुधबार आगामी बर्षका लागि कार्यक्रम सार्वजानिक गर्दै नगर प्रमुख राजनराज पन्तले लकडाउन अबधिभर ब्यवसाय करमा २५ र नविकरणमा ५० प्रतिशत शुल्क छुट दिने घोषणा गर्नु भएको हो ।








































