Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४०:१८ बिहान
- ADVERTISEMENT -

अध्यक्षद्वय ओली–प्रचण्डको सम्बोधनलगत्तै नेकपाको स्थायी समितिको बैठक स्थगित

प्रकाशित मिति: २०७७ असार १०, बुधबार

635
Shares

काठमाडौं, बुधबार, १० असार २०७७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः ३० मा सुरु भएको बैठक दिउँसो २ः३० मा स्थगित भएको हो ।

आजको बैठकमा अध्यक्ष्द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले मन्तव्य दिनुभएपछि पर्सि फेरि बस्ने गरी बैठक स्थगित भएको हो । अध्यक्षद्वयको धारणा र प्रतिवेदन र एजेण्डाको बिषयमा स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि समय आवश्यक परेको कारण बैठक पर्सिसम्म स्थगित भएको हो । स्थायी समिति बैठकको पहिलो एजण्डा अध्यक्षद्वय ओली र प्रचण्डको मन्तब्य रहेको थियो । बैठकमा अध्यक्षद्वयले बर्तमान परिस्थिति र चाल्नुपर्ने कदमको बारेमा आफ्नो धारणा राख्नुभएको नेताहरुले बताएका छन । स्थायी कमिटी बैठकमा पाँच एजेण्डा तय गरिएको छ ।

दोस्रो एजेण्डाको रुपमा सरकारको कामका सम्बन्धमा एजेण्डा रहेको छ । सो एजेण्डामा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सिमा समस्या र समाधान सम्बन्धमा र अन्य गरी तीन बिषय समावेश गरिएको छ । यसैगरी तेस्रो एजेण्डाका रुपमा पार्टी एकताका बाँकी कामहरु राखिएको छ । यसैगरी नेकपाभित्र निकै बिवादको बिषय बनाइएको एमसिसिका सम्बन्धमा चौथो एजेण्डा राखिएको छ भने पाँचौं एजेण्डाका रुपमा बिबिध राखिएको छ ।

स्थायी कमिटी बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच दुई दिन लगातार भएको छलफलमा सहमतिका साथ यी एजेण्डा तय गरिएको हो । नेकपाको यही बैठकले एमसिसीलगायत सवै बिषयमा पार्टीको आधिकारिक धारणा तय गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -