Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३५:२० बिहान
- ADVERTISEMENT -

जनता तीन भाइरसबाट आक्रान्त छन् : डा. डिला संग्रौला

प्रकाशित मिति: २०७७ असार ९, मंगलबार

916
Shares

काठमाडौँ, मंगलबार, ९ असार २०७७ । डा. डिला संग्रौलाले यतिबेला जनता तीन भाइरसबाट आक्रान्त भएको बताएकी छन् । उनले आजको प्रतिनिधिसभा बैठकमा जनता कोरोना भाइरस, भ्रष्टाचार र बलात्कारबाट आक्रान्त भएको बताएकी हुन् ।

उनले भनिन्, ‘यसबाट मुक्ति दिनु राज्यको दायित्व हो । तर सरकार दिनप्रति दिन असंवेदनशील, अकर्मण्यीय, अनुदार र विवादित बन्दै गइरहेको छ ।’

उनले प्रधानमन्त्री नै जिम्मेवार नभएको टिप्पणी गरेकी छन् । उनले कोरोना संक्रमण दर नियन्त्रणका लागि सरकारको व्यवस्थापन पक्ष कमजोर र फितलो देखिएको दाबी गरिन् ।

‘प्रधानमन्त्रीले कोरोना बेसार, अदुवा र हाच्छिउँ गर्दा निको हुन्छ भन्ने बालहठ प्रदर्शन गर्दै गर्दा उहाँ आफैं डाक्टर, वैद्य, न्यायाधीश र प्रहरी बनेको भान हुन्छ । यो विषय आज मजाक बन्न पुगेको छ,’ संग्राैलाले भनिन् ।

कोरोना नियन्त्रणका लागि जनताले सरकारबाट स्पष्ट मार्गचित्र र पहलकदमी खोजेको र बसारे आइडोलोजीको ज्ञान जनतालाई मन नपरेको उनको भनाइ छ ।

त्यस्तै, राष्ट्र विपदमा परेको बेलामा पनि स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारमा सरकार जोडिनु निर्लज्जताको पराकाष्टा भएको उनले दाबी गरिन् । उनले प्रधानमन्त्रीलाई भ्रष्टाचारी नजोगाउनसमेत आग्रह गरिन् ।

त्यस्तै, उनका अनुसार अर्को खतरनाक भाइरस महिलाहिंसा र बलात्कार रहेको छ । उनले भनिन्, ‘लकडाउनमा हरेक दिन पाँच महिलामाथि बलत्कार भइरहेको छ । लकडाउनको ८३औं दिनमा नेपालमा ३८३ वटा बलत्कारका घटना घटेका छन् । अन्य हिंसात्मक घटनाको त कुरै नगरौं ।’

कैलालीको लम्किचुवा नगरपालिकाको क्वारेन्टिनमा एक महिलामाथि भएको सामूहिक बलात्कारको घटना स्मरण गराउँदै भनिन्, ‘महिलाको सुरक्षा कहाँ हुन्छ रु सरकारको मौनताका कारण अपराधीलाई कारबाही भएको छैन । दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सभामुखमार्फत् सरकारको ध्यान आकर्षण गराउन चाहन्छु ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -