Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:०८ बिहान
- ADVERTISEMENT -

किसानलाई रोपाइँको चटारो

प्रकाशित मिति: २०७७ असार ५, शुक्रबार

511
Shares

धनगढी, शुक्रबार, ५ असार २०७७ । जुन १२ मा नेपाल प्रवेश गरेको मनसुनले अझै साथ नदिए पनि कैलालीका किसान रोपाइँमा व्यस्त भएका छन् । खोलानालाको पानी डो¥याएर तथा भूमिगत पानीले सिँचाइ गरेर किसानले धमाधम रोपाइँ थालेका छन् । सिँचाइ सुविधा नभएको क्षेत्रमा किसानले प्रायः आकाशे पानी वा बोरिङको भरमा खेतीपाती गर्दै आएका छन् ।

पानी नपरे पनि बोरिङबाट पानी तानेर खेत सिँचाइ गरी रोपाइँ गरिरहेको कैलारी गाउँपालिका–७ का कृषक रामनाथ चौधरीले बताउनुभयो । “कुलो सिँचाइ छैन, हामी प्रायः बोरिङ र आकाशे पानीकै भरमा खेती गर्छौं,” उहाँले भन्नुभयो ।

बोरिङकै पानीको भरमा दुई बिघा जमिनमा रोपाइँ सकिएको अर्का कृषक फूलराज चौधरीले बताउनुभयो । अब चार बिघा जमिन रोपाइँ गर्न बाँकी छ, उहाँले भन्नुभयो, “आकाशको पानीले साथ दियो भने असार १५ भित्र रोपाइँको काम सकिन्छ । ” कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँमा रोपाइँ भएको छ । सो गाउँका कतिपय किसानले रोपाइँको काम सम्पन्न गर्न लागेको बताइएको छ ।


बन्दाबन्दीका कारण धेरै समय घरमै बसेका किसान अब भने खेती किसानीमा व्यस्त भएका छन् । यसवर्ष आवश्यक मल पनि नपाएकाले मलबिनै रोपाइँ थालेको किसानको भनाइ छ । मलका लागि धेरै दौडधूप ग¥यौँ, कृषक जीवन चौधरीले भन्नुभयो, “तर रासायनिक मल पाइएन । ”
कैलालीमा ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जानकारी दिएको छ । अझै पर्याप्त वर्षा नभए पनि धेरै किसान खेतीपातीको कार्यमा सक्रिय भइसकेको केन्द्रका सूचना अधिकारी रामचन्द्र भट्टले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -