Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
४:५०:४४ दिउँसो
- ADVERTISEMENT -

कोरोनाका कारण ९३ औँ ओस्कार अवार्ड समाराेह स्थगित

प्रकाशित मिति: २०७७ असार ४, बिहीबार

772
Shares

काठमाडौँ, बिहिबार, ४ असार २०७७ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण २०२१ को ९३ औँ संस्करण ओस्कार अवार्ड स्थगित भएको छ ।

फेब्रुअरी २०२१ मा हुने अवार्ड कम्तीमा पनि अप्रिलसम्मका लागि स्थगित गरिएको एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले जनाएको समाचार एजेन्सीमा उल्लेख गरिएको छ ।

चलचित्र उद्योगकै सम्मानका रुपमा लिइने अवार्डको नयाँ मिति २०२१ को अप्रिल २५ तोकिएको छ । सन् २०२० भरि बनेका उत्कृष्ट चलचित्र तथा कलाकारलाई सम्मान गरिने रजतपटको यो संसारकै सबैभन्दा ठूलो कार्यक्रम हो ।

यस वर्षको मध्य मार्चदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिँदा विश्वव्यापी रुपमा सिनेमाघरहरू बन्द भएको थियो । निर्माणमा रहेका चलचित्र पनि रोकिएका थिए । विश्वभर कोरोना भाइरसका कारण तोकिएको समयमा चलचित्र पूरा हुने अवस्थामा छैनन् ।

यसै गरी, ब्रिटिस एकेडेमी फिल्म अवार्ड (बाफ्टा) तोकिएको भन्दा दुई महिना पछि सारिएको छ । यसअघि सन् २०२१ को फेब्रुअरीमा हुने भनिएको अवार्ड समारोह उक्त वर्ष अप्रिल ११ मा मात्र हुने घोषणा गरिएको हो ।

’अवार्ड समारोहबारे गत वर्ष गरिएका घोषणाहरूको समीक्षा गरिँदैछ। आवश्यक परिवर्तनबारे निर्णयपछि जानकारी सार्वजनिक गरिने छ’, ब्रिटिस फिल्म एकेडेमीले विज्ञप्तिमा जनाएको छ ।

कोरोना भाइरस महामारीका कारण मनोरञ्जन क्षेत्रका अधिकांश कार्यक्रम तथा समारोहरू स्थगित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -