Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
१०:१८:३७ राति
- ADVERTISEMENT -

काँग्रेसद्वारा स्वास्थ्यसम्बन्धी सार्वजनिक महत्वको विषयमा सूचना दर्ता

प्रकाशित मिति: २०७७ असार ३, बुधबार

611
Shares

काठमाडौं, बुधबार, ३ असार २०७७ । नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा सरकारकोतर्फबाट भएका कामका सम्बन्धमा स्पष्ट पार्न र जनस्वास्थ्यमा महासङ्कट आउन नदिन तत्काल संसद्ले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको भन्दै सदनमा जरुरी सार्वजनिक महत्वका विषयमा ध्यानाकर्षणको सूचना दर्ता गराएको छ ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल गौतम र सांसद गगनकुमार थापाले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको ध्यानाकर्षणका लागि उक्त सूचना आज दर्ता गराएका हुन् ।

स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित सूचनामा परीक्षणसम्बन्धी मापदण्डको परिमार्जन, पिसिआर विधिबाट हुने परीक्षणको गतिमा तीव्रता र दायरा फराकिलो बनाउनुपर्ने, क्वारेन्टिनलाई प्रभावकारीरुपमा व्यवस्थित बनाउनुपर्ने, कन्ट्याक्ट ट्रेसिङ क्षमतालाई सबलीकरण र विस्तार गर्नुपर्ने, कोरोना सङ्क्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई व्यवस्थित बनाउनुपर्ने, कोरोनाबाहेकका अन्य रोगका बिरामीले सहज उपचार पाउने व्यवस्था गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ ।

यसैगरी स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिक उद्धार, क्वारेन्टिन व्यवस्थापन, राहत वितरणलगायतका विषयमा भएका अनियमितता प्रकरणका घटना र हालसम्म भएको भनिएको रु १० अर्बको खर्चको विवरण, विदेशबाट आउने नेपालीका लागि क्वारेन्टिन, परीक्षण र परामर्शका लागि आवश्यक प्राविधिक तयारीका सम्बन्धमा ध्यानाकर्षण गराइएको छ ।

नेपालमा पछिल्ला दिनमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्था छ र उही असार २ गतेसम्मको अद्यावधिक विवरणअनुसार नेपालमा कोरोनाका भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ हजार ५१९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको र सङ्क्रमण ७३ जिल्लामा फैलिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -