काठमाडौं, बुधबार, ३ असार २०७७ । उपत्यकाका घरधनीहरुलाई घर बाहलमा बस्नेसँग खपतका आधारमा तय भएको बिलिङको अधिकतम दरभन्दा बढी महसुल नउठाने व्यवस्था गर्न विद्युत नियमन आयोगले नेपाल विद्युत प्राविधिकरणलाई निर्देशन दिएको छ ।
घर बाहलमा बस्नेलाई मिटरको खपतको आधारमा बिलिङ हुँदा तय भएको अधिकतम दरभन्दा बढी महसुल उठाउन नपाउने व्यवस्था गर्न निर्देशन दिएको आयोगले आफ्नो निर्देशनमा भनेको छ ।
यसअघि सरकारले आजै विद्युत महसुल घटाएको छ । अब एक एम्पियर लाइन लिएर न्यूनतम मासिम १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहलाई ३० रुपैयाँमात्र डिमान्ड शुल्क लगाइने भएको हो । साथै उनीहरुलाई बिजुली भने निःशुल्क दिइने भएको हो ।
त्यस्तै आयोगले प्राधिकरणलाई बहालवालाले नै आफ्नो मिटर र सबमिटर लिनसक्ने व्यवस्था गर्ने सम्बन्धमा एक अध्ययन गरी अर्को महसुल निर्धारण गर्नुअगाडि नै पेश गर्न भनेको छ ।
अहिले अधिकांश घरबेटीहरुले विद्युत महसुल १५ रुपैयाँ प्रतियुनिटसम्म लिने गरेका छन् । जबकी प्राधिकरणको नयाँ महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणलाई तिर्नेभन्दा बढी महसुल घरबेटीले उठाउनु गैरकानुनी रहेको प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए ।








































