Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
८:५६:३२ राति
- ADVERTISEMENT -

पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै गोरखा कांग्रेसद्वारा ज्ञापन पत्र

प्रकाशित मिति: २०७७ असार २, मंगलबार

917
Shares

गोरखा, मंगलबार, २ असार २०७७ । पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै गोरखा कांग्रेसद्वारा ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

गोरखामा ज्ञापन पत्र बुझाउदै पिसिआरको दायर बढाउन माग गरेको छ । साथै, कोरोना त्रास र प्रभावले उद्योग ब्यापार ब्यवशायमा ठुलो असर पुगेकाले आर्थिक क्षेत्रको सुधारकालागि श्रमिक र मजदुरलाई ठोस राहत प्याकेज घोषणा गर्न माग गरिएको छ ।

कांग्रेस गोरखा जिल्ला कार्य समिति सभापति हरिबहादुर घलेको नेतृत्वमा आज मंगलवार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रजिअ सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै पिसिआर रिपोर्ट समयमै नआउँदा सर्वसाधारणमा अन्यौल र त्रास बढेको जानकारी गराउनु भएको छ ।

गोरखाको बिभिन्न पालिकामा क्वारेन्टिनमा बसेकाहरुको पिसिआर रिपोर्ट १० दिन सम्म आउन सक्ने अवस्था नभएको जानकारी गराउदै भारत लगायत अन्य जिल्लाबाट आएकाहरु तीन सातादेखि क्वारेन्टिनमा रिपोर्ट कुरेर बसिरहेको भन्दै कांग्रेसले छिटो रिपोर्ट आउने ब्यवस्था गर्न माग गरेको सभापति हरिबहादुर घलेले बताउनु भयो ।

लकडाउनका कारण कृषकले भोग्नुपरेको समस्या, बिउ बिजन, मल सहज उपलब्ध गराउन र कृषि उत्पादन बिक्री गर्ने बातावरण बनाउन माग गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा, संसद कोष हटाएर कोभिड १९ को प्रभावले रोजगारी गुमाएकाहरुलाई स्थानीय स्तरमा रोजगारी सिर्जना हुने कार्यक्रम ल्याउन कांग्रेसले सरकार सँग माग गरेको छ । राहत बितरणलाई प्रभावकारी बनाउन र आवस्य परेकाहरुलाई बितरण गर्न, कोरोना उपचार गर्ने अस्पतालको ब्यवस्थापनमा ध्यान दिन, पारदर्शिता कायम राख्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

क्वारेन्टिनलाई ब्यवस्थित गर्न, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अंग्रपंक्तिमा रहेर काम गरिरहेकाहरुको सुरक्षामा विषेश ध्यान दिन ज्ञापन पत्रमा भनिएको छ ।

साथै, गोरखामा हरेक दिन कोरोनाको अवस्था बारे आधिकारीक रिपोर्ट सार्वजनीक गर्ने ब्यवस्था मिलाउन भनिएको छ । कोरोना प्रभाव रहिरहेका बेला बर्खा लागेसँगै आउन सक्ने बाढी पहिरो र त्यसबाट हुने बिपत्तीलाई मध्येनजर गर्दै विषेश सुरक्षा नीति अबलम्बन गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

उक्त ज्ञापन पत्र बुझेपछि प्रजिअ पौडेलले तत्काल प्रधानमन्त्री कार्यालयमा पठाईदिने आश्वासन दिनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -