Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५०:३६ बिहान
- ADVERTISEMENT -

संस्कृतका विद्यार्थीमा भित्रैबाट आध्यात्मिक चेतको मनोबल हुने भएकाले शान्तिपूर्ण आन्दोलनमा टिक्ने

प्रकाशित मिति: २०७७ असार २, मंगलबार

751
Shares

काठमाडौँ, मंगलबार, २ असार २०७७ । पूर्वसभामुख एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्कृतका विद्यार्थीमा भित्रैबाट आध्यात्मिक चेतको मनोबल हुने भएकाले शान्तिपूर्ण आन्दोलनमा टिक्ने गरेको बताएका छन् ।

संस्कृत छात्र सङ्घले नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवसका अवसरमा आज जुम प्रविधिबाट आयोजना गरेको ‘नेपालमा लोकतन्त्रको जागरण र स्थापनामा जयतु संस्कृतम् आन्दोलनको भूमिका’ विषयक अन्तक्र्रियामा उनले यही प्रेरणाले लोकतन्त्रका लागि गरिएको अधिकांश आन्दोलन अहिंसात्मक भएको बताए ।

नेता पौडेलले भने, “निरङ्कुश राज्यशक्तिले पनि दबाउन नसक्ने चेत संस्कृतका विद्यार्थीमा हुने भएकाले जहानियाँ राणा शासनका बेलामा पहिलो विद्यार्थी आन्दोलन हुन सकेको हो, जयतु संस्कृतम् आन्दोलनका योद्धाले सामाजिक सुधारका लागि ब्राह्मणले हलो जोत्ने, छुवाछूतको अन्त्यलगायत परिवर्तनका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास छ ।”

संस्कृतले राष्ट्रवादको भावनालाई समेत जगाउने उनको भनाइ थियो । नेपाली काँग्रेस संसदीय दलका सचेतक एवं जयतु संस्कृतम्का योद्धा काशीनाथ गौतमकी सुपुत्री पुष्पा भुसाल गौतमले अहिलेको शासन व्यवस्था पनि विसं २००४ को भन्दा फरक नदेखिएकाले लोकतान्त्रिक मूल्य मान्यता संरक्षणका लागि संस्कृतका विद्यार्थीले फेरि योगदान दिनुपर्ने समय आएको बताए ।

संविधानसभा सदस्य रामचन्द्र पोखरेलले सत्याग्रहीका रुपमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीले राखेको मागलाई दबाउन खोज्दा देशव्यापीरुपमा राणा शासनका विरुद्ध चेतना जागृत हुने अवसर मिलेको स्मरण गराए । संयुक्त राष्ट्रसङ्घका लागि पूर्वस्थायी प्रतिनिधि डा जयराज आचार्यले कालापानी, लिपुलेक, लिम्पियाधुराका बारेमा सुगौली सन्धिभन्दा अघिको जस्तो लडाईं गर्ने वातावरण नभएकाले कूटनीतिक वार्ताकै माध्यमबाट समस्या समाधान गरिनुपर्ने बताए ।

कार्यक्रममा जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले मानिस शास्त्रीय निर्देशानुसार आचारमा बस्न छोडेपछि घरघरमा झगडाको आगो सल्कन थालेकाले संस्कारमा सुधार हुनुपर्नेमा जोड दिए । जयतु संस्कृतम् संस्थाका महासचिव प्रा डा नवराज कट्टेल, प्रा डा देवमणि भट्टराई, शान्तिकृष्ण अधिकारी, धनेश्वर नेपाल, छात्र सङ्घका सुशान्त आचार्य लगायतले संस्कृत शिक्षाको आवश्यकता बढ्दै गएकाले अनिवार्य गर्ने गरी अभियान चलाउन लागिएको बताए ।

दिवसकै अवसरमा आज बिहान जयतु संस्कृतम् संस्थाले दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयत् संस्कृतम् स्तम्भमा माल्यार्पण गर्नुका साथै विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिएको थियो । संस्कृतका शास्त्रीयसँगै आधुनिक अङ्ग्रेजी, गणित, भूगोल, इतिहासलगायत विषय पनि पढ्न पाउनुपर्ने माग राख्दै तीनधारा संस्कृत छात्राबासका विद्यार्थीले विसं २००४ असार १ गते जयतु संस्कृतम् आन्दोलन गरेका थिए । यसै स्मरणमा प्रत्येक वर्ष असार १ गते जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

जयतु संस्कृतम् आन्दोलन शुरु गरेपछि छात्राबासबाट निकालिएका विद्यार्थीले देशभर राणा शासनका विरुद्ध जनतालाई जागृत बनाएका थिए । आन्दोलनकारी बनारस पुगी काँग्रेसका संस्थापक बिपी कोइरालासँग भेट गरेपछि राजनीतिक परिवर्तनमा पनि सहभागी भएका थिए । जयतु संस्कृतम् आन्दोलनमा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, कमलराज रेग्मी, अच्युतराज रेग्मी, राजेश्वर देवकोटा, काशीनाथ गौतम, पद्मशङ्कर अधिकारीलगायतको नेतृत्व थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -