काठमाडौं, सोमबार, १ असार २०७७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैदेशिक रोजगार व्यवसायीहरूको इजाजत पत्र नवीकरण लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
कोरोना महामारीका कारण झन्डै ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीहरूको इजाजत पत्र नवीकरण नहुने अवस्था सिर्जना भएपछि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।
रीको कारणले गर्दा वैदेशिक रोजगारीका लागि युवाहरू विदेश जान रोकिएको र विदेशबाट श्रमिकहरूको समेत माग नभएको हुँदा यस विषम् परिस्थितिमा वैदेशिक रोजगारीमा बार्षिक १०० कामदार पठाउनुपर्ने जस्ता बाध्यात्मक व्यबस्थाले नेपालका करिब ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीहरूको इजाजत–पत्र नवीकरण नहुने अवस्था सिर्जना भएको छ,” कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “तसर्थ हालको विषम् परिस्थितिलाई मध्यनजर गरी वैदेशिक रोजगार व्यवसायीको इजाजत–पत्र नवीकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।”
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले विश्वका सबै व्यवसाय र समाजका हरेक क्षेत्रमा गम्भीर असर परिरहेको छ । वैदेशिक रोजगार व्यवसायमा पनि यसको प्रभाव परी व्यवसाय ठप्प छ ।








































