काठमाडौं, सोमबार, २६ जेठ २०७७ । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले गृहजिल्ला पाँचथरका पत्रकारहरूको कोरोना बिमा गरिदिएका छन् ।
नेपाल पत्रकार महासंघ पाँचथरको समन्वयमा उनले गृह जिल्लाका ६६ पत्रकारको कोरोना बिमा गरिदिएका हुन् ।
कोरोनाको संक्रमण बढ्दै जाँदा अग्रपंक्तिमा काम गर्ने पत्रकारहरू पनि असुरक्षित हुने भन्दै नेता आङदेम्बेले कोरोना बिमा गर्न सहयोग गरेको महासंघका जिल्ला अध्यक्ष लवदेव ढुंगानाले जानकारी दिए ।
उनका अनुसार आङदेम्बेले जिल्लामा क्रियाशील एफएम (रेडियो), पत्रिका र अनलाइनमा आबद्ध पत्रकारहरू र राष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरूको बिमा गरिदिएका हुन् ।
कोरोना बिमा गरिएका सबै पत्रकारको बिमा पोलिसी पत्रकार महासंघलाई प्राप्त भएको अध्यक्ष ढुंगानाले बताए । बिमा गरिएका पत्रकारको पीसीआर परीक्षणमा पोजेटिभ देखिए कम्पनीले एक लाख रुपैयाँ प्रदान गर्नेछ ।








































