Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:३४:२२ बिहान
- ADVERTISEMENT -

आजपनि सुनको भाउ बढ्यो

प्रकाशित मिति: २०७७ जेठ २६, सोमबार

503
Shares

काठमाडौँ, सोमबार, २६ जेठ २०७७ । आइतबार एकैपटक तोलाको १० हजार रुपैयाँ बढेको सुनको भाउ आज पनि केही बढेको छ ।

आज (सोमबार) छापावाल सुन प्रतितोला ८७ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ८७ हजार ६५ रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबारको तुलनामा सोमबार सुन १ सय रुपैयाँले बढेको हो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला ९३० रुपैयाँ रहेको छ ।

लकडाउनसँगै बन्द भएको सुनचाँदीको कारोबार आइतबारदेखि आंशिक सुरु भएको हो ।

- ADVERTISEMENT -