काठमाडौं, सोमबार, २६ जेठ २०७७ । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो समय सरकारको काम प्रति कडा आलोचना गर्दे आएको कांग्रेसले सरकारका काम कारबाहीमा बारेमा पनि समिक्षा गर्ने पौडेलेको भनाइ छ ।








































