Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:३८ बिहान
- ADVERTISEMENT -

केरामा हावाहुरीको कहर : चैतयता दस करोडभन्दा बढीको नोक्सानी

प्रकाशित मिति: २०७७ जेठ २२, बिहीबार

1107
Shares

भरतपुर, २२ जेठ २०७७ । कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् । बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक विपत्तिको मारमा समेत किसान परेका हुन् ।

पूर्वी चितवन रत्ननगरमा व्यावसायिक केरा खेती गर्दै आएका किसान विष्णुहरि पन्त हावाहुरी र असिना पानीले केरा खेतीमा ठूलो क्षति पुगेको बताउनुहुन्छ । पछिल्लोपटक चितवनमा जेठ दोस्रो साता आएको हावाहुरीले क्षति बढी गरेको बताइन्छ ।

“चैतयता लगातार हावाहुरी, असिना पानी आइरहेको छ यसको प्रत्यक्ष असर केरा खेतीमा परेको छ,” उहाँले भन्नुभयो । शिखर इन्स्योरेन्स प्रालि नारायणगढ शाखाका प्रमुख चन्द्रमणि शर्मा चैतदेखि अहिलेसम्म हावाहुरी र असिना पानीले केरामा १० करोड रुपियाँभन्दा बढीको क्षति भएको भन्दै दाबी परेको बताउनुहुन्छ । “झन्डै पाँच सय किसानले अहिले १० करोड रुपियाँभन्दा बढी मूल्य बराबरको केरा नोक्सान भयो भनेर दाबी गर्नुभएको छ,” उहाँले भन्नुभयो ।

किसान तहमा सय कोसा भएको एक घरी केराको औसत पाँच सय रुपियाँ मूल्य पर्छ । यसलाई आधार बनाउने हो भने बीमामा दाबी भएको १० करोड रुपियाँ बराबरको केरा भनेको दुई हजार घरी अर्थात् दुई हजार बोट हो । व्यावसायिक केरा खेती गर्ने किसानको संस्था चितवन केरा व्यवसायी सङ्घका अध्यक्ष घननाथ महतो व्यावसायिक रूपमा बिस्तारै फड्को मार्दै गरेको केरा खेतीमा प्राकृतिक विपत्तिको मार खेप्नु परेको गुनासो गर्नुहुन्छ ।

“केरामा हामी बिस्तारै आत्मनिर्भर हुँदै छौँ तर कहिले प्रकृतिको मार कहिले कोरोनाको मारले हामी उठ्नै नसक्ने गरी घाटा खाँदै छौँ,” उहाँले भन्नुभयो । अहिले विशेष त हावाहुरीवाट रत्ननगर र कालिका नगरपालिकाका किसान बढी प्रभावित भएका छन् । चितवनमा भरतपुर महानगरमा पनि व्यावसायिक केरा खेती हुन्छ ।

बीमाबाट लागतमा केही रकम पाए पनि बजारमा बिक्रीबाट हुने आम्दानीभन्दा धेरै कम हुने अध्यक्ष महतोको भनाइ छ । बीमाका प्रमुख शर्मा भने अहिले बन्दाबन्दीका कारण केरा बजार पु¥याउन नसक्दा पनि बोटमै केरा धेरै रहेकाले हावाहुरीले बढी क्षति गरेको बताउनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -